बुधबार, बैशाख २६, २०८१

महानगरका वडा न २० वाहेक बाँकी सवै वडाका १ हजार १६ जनाको आरडीटी’ परीक्षण, सबैको नतिजा नेगेटिभ

वडा न.२० क्षेत्रबाट परीक्षणका लागि कसैको पनि नाम प्राप्त नभएको महानगरको जनाउ

काठमाडौं बैशाख १३ , कोभिड संक्रमणको उच्च जोखिम बढेसंगै काठमाडौं  महानगरले मातहतका ३२ वटै वडा समितिमा फागुन १८ गतेपछि स्वदेश फिर्ता भएर महानगर क्षेत्रमा बसोबास गरिरहेका १ हजार १६ जना व्यक्तिको आरडिटि परीक्षण गरेका छन । महानगरले गत बैशाख ३ गतेदेखि शुरु गरेको परीक्षणका क्रममा सबैको नतिजा नेगेटिभ आएको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले बताए ।

त्यस्तै महाशाखाका प्रमुख बज्राचार्यका अनुसार सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने काठमाडौं महानगरपालिका वडा ५ का स्थायी बासिन्दा २०७६ चैत ९ गते बच्चाहरुको जन्म दर्ताका लागि वडा कार्यालय आएका थिए । बैशाख १ गते उनीहरुमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि बैशाख ३ गते वडा ५ का जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको आरडिटि गरेर महानगमा परीक्षण शुरु गरिएको थियो ।

परीक्षण्को क्रमम सबैभन्दा धेरै वडा ३१ मा १ सय १९ जना, दोस्रोमा वडा ३२ बाट १ सय १५ जना र तेस्रोमा वडा ४ बाट ५१ जनाको परीक्षण गरिएको जानकारी दिदै महानगरको वडा २० क्षेत्रबाट भने परीक्षणका लागि कसैको पनि नाम प्राप्त नभएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।