शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणको आशंकामा पेप्सीकोलाका एकै परिवारका ३ सदस्य अस्पताल भर्ना ,पीसीआर’ परीक्षणको रिपोट आउन बाँकी

काठमाडौ बैशाख १ संघीय राजधानी काठमाडौंमै कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै अपार्टमेन्टको पाँचौ तला सिल गरिएको छ । लण्डनबाट चैत्र ५ गते कतार एयरको विमानबाट फर्किएका ३ जनाको र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार  अपार्टमेन्टमा बस्ने एकै परिवारका  बाउ, आमा र छोरी तीनैजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएदै प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको  थाहा भएको  छ ।

पाटनअस्पताल स्रोतका अनुसार यापिड टेस्टले संक्रमण देखिए पनि ‘पीसीआर’ परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको जनाउदै पीसीआर परीक्षणको रिपोर्ट आएपछिमात्रै उनीहरुको संक्रमण हो वा होइन  भन्ने   एकिन हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।