शुक्रबार, चैत्र १६, २०८०

लकडाउन आदेशको प्रभावकारी कार्यान्वयनमा सामाजीक अभियन्ताको जोड

वर्ष २०७७ को उल्लास आ- आफ्नै घरपरिसरमा सिमित

काठमाडौं बैशाख १ , आजबाट नववर्ष २०७७ शुरु भएको छ । तर यस पटकको नववर्षको उल्लास सोच अनुरुप मनमौजी बन्न सकेनन । विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोभिड–१९ संक्रमणको त्रासका कारण नववर्षको उल्लासलाइ आआफ्नै घरपरिसमा सिमित गर्न बाध्य भए । एकातर्फ कोभिड संक्रणको बढ्दो त्रासले गर्दा मुलुकमा राज्यले जारी गरेको लकडाउन आदेशका वीच आम नेपालीले एक आपसमा वर्ष ०७७ कोभिड मुक्त वर्ष होस भन्ने अपेक्षा सहितको शुभकामना आदानप्रदान गर्दै आ आफ्नै घरमा नववर्षलाइ परम्परागत रुपमा स्वागत गरेका छन ।

नववर्षलाइ स्वागत गर्नेक्रममा कोभिडको जोखिम रोकथाम लागि सरकारले जारी गरेको लकडाउन आदेश र अर्कोतर्फ स्थानीय सरकारले यसवीचमा लकडाउनका कारण प्रताडित बनेका नागरिकका लागि व्यवस्थापन गरेको गरेको राहत वितरणमा व्यस्त रहदै आएकी सामाजीक अभियन्ता रमिला श्रेष्ठ शाक्यले राहत वितरण राहतका लागि राहत नभइ अशाहे र दिन:दुखी र दैनिक मजदुर वर्गका लागि हो भन्ने   यथार्थ बुझ्न आवश्यक रहेका बताउँदै पछिल्लो समय यदाकदा राहत वितरणमा भइरहेको नकारात्मक प्रचारप्रति विमति व्यक्त गरकी छिन ।

 साथै मुलुकमा पनि कोभिड १९को जोखिम बढ्दो रहेको र प्रारम्भिक रुपमा ३ जना संक्रमित पाईएको हाम्रो मुn’sdf एकाध साताको अन्तरमा संक्रमितको सख्या १४ पुग्नु भनेको हाम्रो जस्तो मुलकका लागि पक्कै पनि शुभ लक्षण् मान्न नसकिने बताइन । साथै  कोरोनाबाट बच्न अनुशासित हुन जरुरी छ त्यसैले राज्यले निर्धारण गरेको नियमलाइ पुर्ण रूपमा पालन गर्न सबैलाइ अनुरोध  सहित  जारी लकडानको कार्यान्वयनलाइ थप कडाइ गर्नु पर्ने अभिमत प्रकट गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।