शुक्रबार, बैशाख १४, २०८१

केन्द्रीय रक्तसञ्चार सेवा युनिटलाइ खाद्यान्न लगायतका राहत सामाग्री

काठमाडौ बैशाख ११ , विश्वव्यवापी कोभिड संक्रमणको जोखिम दिननुदिन बढ्दै गरेको अवस्थाकावीच जोखिम मोलेर निन्तर सेवाभावले क्रियाशील नेपाल रेडक्रस सोसासोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा युनिटलाइ आज खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराईएको छ ।

काठमाडौंमहानगर वडा न.१३ बस्ने सामाजीक अभियन्ता रमिला श्रेष्ठ शाक्यको समन्वयमा एतिहाद एयरवेजका क्याप्टेन सिकन्दर शर्माको तर्फबट प्राप्त उक्त राहत रक्त सञ्चारसेवाकी जिम्मेवार अधिकारी डा.मनिता राजकर्णिकारलाइ आमाको सम्मानमा मनाइने मातृ दिवसको अवसर पारेर सामाजीक अभियन्ता शाक्यले हस्तान्तरण गर्नु भएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगर वडा न-१३ को राहत वितरण समिति अन्र्तगत रहेको समन्वय समितिका सदस्य सुरेन्द्र मानन्धर लगायतका व्यक्ति विशेषको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।