शनिबार, बैशाख ८, २०८१

औषधि थोक व्यवसायिको डिजिटल संवादमा महानिर्देशक ढकालले भने- सिर्जित समस्या समाधान गर्न प्रतिवद्ध छु

 काठमाडौं बैशाख ११ , नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय सचिवालयद्दारा विश्वव्ययापी कोभिड १९ संक्रमणको बढदो जोखिमका कारण सिर्जित असहज परिस्थिती संगै मुलुकमा सञ्चित औषधिको मौज्दात अभाव लगायतका यावत विषय वस्तु केन्द्रीत हुँदै विगत एक साता यता देखि डिजिटल सम्बवादलाइ निरन्तरता दिदै आइरहेका छन । संघको आजको डिजिटल सम्बादको श्रृखलामा पछिल्लो समय क्रिटिकलकेयर संग सम्बन्धीत औषधिको अभाव र यसको आपुर्तिको सवालमा धनिभुत छलफल सहित सेवा प्रदायक आपुर्तिकर्तासंग समन्वय गर्ने नितिगत निर्णय गरेको छ ।

 त्यस्तै प्राप्त जानकारी अनुसार संघको संघका केन्द्रीय सचिव माधव अधिकारी ,१ प्रादेशिक समितिका  अध्यक्ष केएल दास  गण्डकी प्रदेश समितिका  अध्यक्ष  रुद्र मल्ल सोहि प्रदेशका  सचिव  गोपाल अधिकारी ,सदस्य कृष्ण शर्मा  त्यस्तै गरि दाङ्ग प्रदेशका अध्यक्ष  शालिकराम आचार्य , महासचिव तुफानवावु श्रेष्ठ , सचिव दिपेन्द्र न्यौपाने   लगायतका  प्रादेशिक समितिका जिम्मेवार पदाधिकारीले आआफ्नो प्रदेशमा औषधिको पछिल्लो आकंडा प्रस्तुत गर्दै यसवीचमा देखिएको समस्या औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देश नारायण ढकाल लाइ जानकारी गराउनु भएको थियो ।

थोक औषधि व्यवसायीको डिजिटल संवादमा जोडिनु भएका महानिर्देशक ढकालले थोक व्यवसायीकै तर्फबाट प्रस्तुत समस्याको सवालमा विभागको तर्फबाट हरसंभव सहयोग गर्दै सिर्जित समस्याको समाधानका लागि तत्काल पहलकद्मी लिने बताउनु भएको छ । साथै उहाँँले थोक औषधि व्यवसायीले औषधि जगतमा देखिदै आएको समस्या र चुनौती समाधानका लागि विगत देखि आजको मिति सम्म गर्दै आएको कार्यसम्पादन आफैमा प्रशसनीय रहेको बताउनु छ ।

 त्यस्तै संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले संंवादको अर्को श्रृखलामा औषधि जगत सम्वद्ध संघसंस्थासंग समेत साक्षात्कार गरिने जानकारी दिदै मुलत नियमक निकाय औषधि व्यवस्था  विभागका महानिर्देशक ढकालले   औषधि जगतमा विद्यमान समस्या सम्बोधन गर्दै जाने सवालमा अभिव्यक्त गर्नु भएको प्रतिवद्धता स्वागयोग्य रहेको बताउँदै जनताको स्वस्थ्य एवम् गुणस्तरिय औषधि सेवन गर्न पाउनु पर्ने नैसर्गिक अधिकार केन्द्रीत औषधि व्यवसाय सम्वद्ध तमाम थोक व्यवसायी लगायत विधागत अन्य   तह र तप्काका सम्पूर्ण  व्यवसायीलाइ विषम अवस्थाको यस घडिमा आफु पनि बाचौं अरुलाइ पनि बचाऔं भन्ने सन्देश दिनु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।