शनिबार, बैशाख ८, २०८१

बदली र वर्षावीचको मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौ बैशाख ११ , मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  प्रिमनसुनी गतिविधि संगै पश्चिमी वायुको प्रभाव कायमै रहेका कारण मौसममा उतारचढाव रहेको जनाउँदै महाशाखाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहेका जनाउँदै देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने जानकारी दिएको छ ।

यसैवीच महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको गर्दै विहिवार  राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रवा देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक/ दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै शनिपवार पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाको पछिल्लौ मापन अनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।