शुक्रबार, बैशाख १४, २०८१

आकस्मिक रक्तदानबाट एक हजार ७ सय पिण्ट रगत संकलन

  • राम चन्द्र प्रजापति

भक्तपुर बैशाख १०, विश्वव्यापी कोभिड संक्रमणको जोखिम संगै जारी लकडाउन आदेशको समयमा रगत नपाएका कुनै पनि विरामीले अप्रत्याशित घटनाको सामाना गर्न नपरोस भन्ने पवित्र लक्ष्य सहित शुभारम्भ गरिएके आकस्मिक रक्तदान कार्यक्रम को आयोजना गरिएको छ ।

ब्लड डोनर्स एसोसियसन भक्तपुर शाखा, योयो युनिटी , सबैको बचत तथा ऋण सहकारी संस्था लि भक्तपुर र लायन्स क्लब अफ भक्तपुरको संयुक्त सहकार्यमा तथा रक्त संचार सेवा भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालित अभियानको क्रममा मंगलवार सूर्यविनायक भक्तपुरमा ५६ पिण्ट रक्त संकलन गरिएको योयो युनिटीका अध्यक्ष रुपेश शिलाकारले जानकारी दिएका छन ।

त्यस्तै ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) भक्तपुरका सचिव रुकेश रंजितले विश्वव्यापि महामारीको विषम अवस्थामा संगै जारी लकडाउन आदेशकावीच सामाजिक दुरी कायम गरि विभिन्न संस्थाको समन्वयमा नेपाल सरकारको निर्देशन अनुरुप सञ्चालित रक्तदान कार्यक्रम अन्र्तगत उपत्यकावाट करिब एक हजार ७ सय पिण्ट रगत संकलन गरिएको बताउनुभयो ।

लायन्स क्लव अफ भक्तपुरद्दारा ब्लोदानलाई दियो सर्जिकल माक्स :  यसैवीच रक्तदान कार्यक्रममा लायन्स क्लब अफ भक्तपुर रियलटेकको चार्टर प्रेसिडेन्ट रोशन भोयद्यले महामारीको य िषिम अवस्थामा सर्तक रहदै आवश्यक सम्पूर्ण उपाए अवलम्वन गर्दै आफु पनि बाँचौ अरुलाइ पनि बचाऔं भन्दै  ब्लड डोनर्स एसोसिएसन नेपाल भक्तपुरको रक्तदान लगायतका र सामाजिक कार्यको प्रयोजनार्थ लायन्स क्लब अफ भक्तपुर रियलटेकका दिनेस बहादुर धौबन्जारले सर्जिकल मास्क लायन ब्लोदान भक्तपुरका पूर्व अध्यक्ष राम चन्द्र प्रजापतिलाई हस्तान्तरण समेत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।