बिहिबार, बैशाख १३, २०८१

गएराती काष्ठमण्डप परिसरस्थित एनडिज सेल्स काउण्टर फोडियो. ठूलो परिणाममा नगद सहित खाद्य सामाग्री चोरी

  • -विष्णु विष्ट-

काठमाडौं बैशाख १०,  राजधानीको मरु बसन्तपुर स्थित नेपाल डेरीको उत्पादन विक्री केन्द्र एनडिज सेल्स काउण्टरमा गएराती चोरी भएको छ । कोभिड संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउन आदेशकावीच पनि मंगलवार साँझ विक्रीका लागि ल्याइएका डेरी प्रडक्ट सहित नगद समेत चोरी भएको सेल्स काउण्टरका कर्मचारी रामगोपाल महर्जनले जानकारी दिएका छन ।

कर्मचारी महर्जनका अनुसार मंगलवार साँझ खाद्य समाग्री स्टोर गर्दै काउण्टर बन्द गरेर गएको र आज विहान दुध लगायतका अत्याआवश्यक सामाग्री विक्रीका लागि सेल्स काउण्टर खोल्न् आउँदा पसल सहित काउण्टर फोडिएको अवस्थामा भेटिएको जानकारी दिदै काउण्टरमा रहेको नगर सहित करिव २० हजार माथिको सामाग्री चोरी भएको उनले बताए ।

त्यस्तै चोरी घटनाको सम्बन्धमा स्थानीय महानगरीय  प्रहरीवृत जनसेवामा जानकारी  गराइसकेको र त्यहाँबाट आवश्यक अनुसन्धान भइरहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।