शनिबार, बैशाख ८, २०८१

लकडाउन अवज्ञा गर्नेबाट चन्द्रागिरिले ७० हजार हर्जाना उठायो

काठमाडौ बैशाख ९,  लकडाउनको समयमा अनावश्यक रुपमा वाहिर निस्कने प्रवृतिलाइ निरुत्साहित गर्न चन्द्रागिरि नगरपालिकाले शुरु गरेको जरिवाना असुल अभियानबाट रु ७० हजार राजश्व  संकलन भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनु भएको छ ।

नगर प्रमसख गिरीका अनुसार कोभिड संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको लकडाउन आदेशको क्रममा अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पसललाइ रु एक हजार र अनावश्यक रुपमा रमिते बन्दै भरबाट वाहिर निस्क्ने व्यक्तिलाइ ठाउँको ठाउँ रु एकसय जरिवाना गर्ने गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।