शनिबार, बैशाख १५, २०८१

लकडाउन उल्लंघन गर्दै घर बाहिर निस्किएका १० जना प्रहरी हिरासतमा

काठमाडौं चैत ११, सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी आज बिहानबाट लागु हुने गरि ’लकडाउन’ गरेको छ ।

लकडाउन’को क्रममा आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन भनिएको छ ।कोरोना रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन सरकारले लकडाउन गरेको हो ।

यसवीचमा अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको एउटा वातावरण बनाउन सरकारले सवैमा  गरेको अपिलका वावजुद पनि लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ गरेका छन । अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्किन प्रतिवन्धलाई अटेर गर्दै घर बाहिर निस्किएका १० जनालाई   प्रहरीले नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट लकडाउनको उल्लंघन गर्दै बाहिर निस्किएकोमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।