बुधबार, बैशाख १२, २०८१

साताव्यापी लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद 

काठमाडौं चैत ११,  सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी आज बिहानबाट लागु हुने गरि ’लकडाउन’ गरेको छ ।

लकडाउन’को क्रममा आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन भनिएको छ ।कोरोना रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन सरकारले लकडाउन गरेको हो ।

यसवीचमा अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको एउटा वातावरण बनाउन सरकारले सवैमा अपिल गरेको छ । त्यस्तै आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउनेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय हुनेछ । जसका अनुसार लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने जनाएको छ ।

प्रस्तुत आदेशको कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरुप देशैभरि प्रहरी परिचालन गरिएको छ । स्वास्थ्य, भन्सार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, क्वारेटाइन, फोहोरमैला व्यवस्थापन लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण सरकारी कर्मचारीलाई बिदा दिने निर्णय गरिएको छ । अन्य कर्मचारीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी कार्यलय प्रमुखले बिदा दिने व्यवस्था गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।