शनिबार, बैशाख १५, २०८१

भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही गर्दै काउन्सिल

काठमाडौं चैत १३ , प्रेस काउन्सिलले कोभिड–१९ को सवालमा केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै त्यस्ता अनलाइ सञ्चारमाध्यमलाइ कडा कारवाही गर्ने भएको छ ।

काउन्सिलद्दारा आज जारी विज्ञप्ति कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको अवस्थामा ति अनलाइनले मानविय संवेदनशीलता विपरितका झुटा तथा अतिरञ्जित समाचार सामाग्री सम्प्रेषण गर्ने गरेको काउन्सिलका सूचना अधिकारी दीपक खनालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा काउन्सिललले नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिललमा समेत सूचीकरणका लागि निवेदन नदिएका ती अनलाइनलाइ पटकपटक अतिरञ्जित सामाग्री सम्प्रेषण नगर्न आग्रह गर्दा समेत वेवास्ता गर्दै दिनानुदिन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर समाचार सामग्री प्रस्तुत गर्ने गरेको काउन्सिलको स्वअनुगमनबाट देखिएका कारण कारवाही गर्न बाध्य हुँदै गएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।