बुधबार, बैशाख १२, २०८१

शहरको भित्री र वाहिरी शहरमा कीटनाशक औषधि छकिर्दै महानगर

काठमाडौ चैत १३ , मुलकमा लकडाउन जारी भएको दोस्रो दिनदेखि काठमाडौँ महानगरपालिकाले विश्वव्यापी महामाहामारीको रुपमा फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि महानगरका सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किनुको अलावा ब्रुमरबाट सडक सफा गर्ने कामलाई तीव्र बनाएको छ ।

महानगरले आज आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा कीटनाशक औषधि छर्किएको जनाउँदै यसअघि मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन कीटनाशक) औषधी छर्कदै प्रस्तुत कामको शुरुआत गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।