बिहिबार, चैत्र १५, २०८०

लकडाउनमा हाम्रो रमिते प्रवृति- इटालीको नियति नहोस , वैलैमा सचेत वनौं !

नेपालमा त्यस्तो विषम परिस्थिती आउँन नदिन वेलैमा सचेत हुँदै आफु पनि बाँचौ अरुलाइ पनि बचाऔं र रमिते बन्नु भन्दा राज्यद्दारा जारी कुनैपनि निर्देशनको पालना गरौं , अनावश्यक काममा घरबाहिर ननिस्कौं ।

काठमाडौं   चैत १३ ,  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस  -कोभिड १९  संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारबाट आव्हान गरेको लकडाउनको घोषणा गरेको छ । यसवीचमा सरकारले अत्यावश्यक बाहेकका सेवा सबै बन्द गर्दै तमाम नेपनलीलाइ घरबाट बाहिर ननिस्किन आग्रह गरेपनि रमिते प्रवृतिका  सर्वसाधारण भने लकडाउन लकडाउन भन्दै यसको अवज्ञा सहित विनाकाम घर बाहिर निस्किने क्रमले नयाँ किसिमको समस्या सिर्जना गरेका छन ।

राष्ट्रपति, प्रधानमन्त्री लगायत नेपाल सरकारका सरोकावाला निकायले , बारम्बार लकडाउनको पालना गरेर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आग्रह गर्दै गरेको यर्थाथतालाइ ति रमिते सर्वुसाधारणका कारण कतिपय ठाउँमा त प्रहरीले भाता कारवाही समेत गर्न बाध्य बनाईएको छ । कोभिड(१९ संक्रमणको महामारीलाइ दृष्टिगत गर्दै जारी गरिएको लकडाउन आफ्नै स्वास्थ्यको लागि हो भन्ने नबुझी सर्वसाधारणले जसरी चोक चोकमा टहलिने रमिते हर्कत प्रदर्शन गरिरहेको छ त्यो हर्कत आफ्नै लागि आनिकारक रहेको छ भन्ने नबुझ्दा लकडाउन एकसातामात्र होइन अर्को साता पनि लम्बिनुको अलावा माहामारकिो आक्रान्तको संभावना तिव्रतर रुपमा बढ्ने सक्छ भन्ने हेक्का राख्न आवश्यक देखिन्छ ।

लकडाउन गर्नुको अर्थ हो, भिडभाड कम गरेर भाइरसको संक्रमण फैलिन नदिनु । तर ठिक यसको पिरित घर बाहिर निस्किनु यस विषयलाइ हेलचेक्र्याइँ गर्नु जस्ता प्रवृतिले संक्रमण फैलिन केही समय लाग्दैन । आफु घरमा बसेर अरुलाई पनि घरमै बस्न आग्रह गर्नुपर्नेमा स्वयं आफु नै सडकमा ओजपोज देखाउँदै हिँड्नु भनेका कुनैपनि अर्थमा उचित होइन।यसर्थमा नागरिक आफै सम्यम भएर सतर्कता नअपनाउने हो भने भविष्यमा आइपर्ने ठुलो जोखिमलाए चाहेर पनि रोक्न सकिन्न । त्यसैले वेलैमा सचेत बन्नुको विकल्प छैन ।

हुनत हालसम्म नेपालमा ३ जनामा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । ती मध्ये १ जना स्वस्थ भएर घर फर्किसकेका छन् भने बाँकी २ जना अस्पतालमा उपचाररत छन् । हाल सबैभन्दा बढी कोरोनाको महामारीबाट धेरै ज्यान गुमाउने मुलुक इटालीमा पनि शुरुमा २ जना मात्र संक्रमित थिए । त्यसवेला राज्यको तर्फबाट जारी निर्देशनको अवज्ञा सहित त्यहाँका नागरिक यस्तै रमिते बन्दै गर्दा आज इटालीमा कोरोना संक्रमका कारण ७ हजार ५०३ भन्दा बढिनागरिकले ज्यान गुमाइसकेका छन् । यसैले नेपालमा त्यस्तो विषम परिस्थिती आउँन नदिन वेलैमा सचेत हुँदै आफु पनि बाँचौ अरुलाइ पनि बचाऔं र रमिते बन्नु भन्दा राज्यद्दारा जारी कुनैपनि निर्देशनको पालना गरौं ,अनावश्यक काममा घरबाहिर ननिस्कौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।