शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीलाइ नेता रावलले ट्विटर मार्फत यसरी दिए शुभकामना

काठमाडौ फागुन १२ , प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९ औं जन्मोत्सव मनाउँने क्रममा प्रदर्शन गरेको रवैयाको सामाजीक सञ्जाल देखि तमाम जनमानस वृतमा मात्र नभइ सत्तारुढ वृतमासमेत परिचर्चासंगै अनेकन टिप्पणी  सहितको आलोचना भएको छ ।

यसैक्रममा  सत्तारुढ दलका नेता एवम् पूर्वगृहमन्त्रीसमेत रहेका भीम रावलले  आज प्रम ओलीलाइ  जन्मोत्सवको आलोचनात्मक शुभकामना दिदै जन्मोत्सवमा काटिएको केक र गरिएको प्रदर्शन प्रति   ट्विटर  मार्फत यसरी  टिप्पणी गरेका छन् ।  प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना दिदै केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ , समृध्दिुका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन, पार्टी निर्णयले झनै मिल्दैन । भन्दै जन्मदिन मनाउन पार्टी निर्णयले रोकेको पनि स्मरण समेत गराएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।