शुक्रबार, चैत्र १६, २०८०

कलङ्कीमा ट्रकको ठक्करबाट एकको मृत्यु ४ घाइते, हाफदर्जन भन्दा बढि सवारीसाधन क्षतविक्षत

काठमाडौ फागुन १२, थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकको ठक्करबाट चितवन स्थायी घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीको कलङ्कीमा ब्रेक फेल भएको उक्त ट्रककै ठक्करबाट ४ जना घाइते हुनको अलावा ९ वटा अन्य सवारीसाधनलाई समेत ठक्कर दिएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका ४ जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर उपचारार्थ लगिएको जानकारी दिदै प्रहरीले दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।