शनिबार, बैशाख ८, २०८१

मिडिया काउन्सिल र सूचना प्रविधि लगायत विधेयकप्रति महासंघद्दारा सभामुखको ध्यानाकर्षण

काठमाडौ फागुन १२, नेपाल पत्रकार महासङ्घले सभामुख अग्निप्रसाद सापकोटालाई आज ज्ञापनपत्र बुझाउँदै नागरिक अधिकारको सम्मान गर्दै संविधानप्रदत्त मौलिक हकको निर्वाद प्रयोगका लागि कानून निर्माण हुनपर्ने भन्दैे ध्यानाकर्षण गराएको छ । त्यस क्रममा महासंघले संसद्मा प्रवेश गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने केही विधेयकका प्रावधान सच्याउन समेत आग्रह गरेको छ ।

“मिडिया काउन्सिल विधेयधक, सूचना प्रविधि विधेयकलगायत अन्य विधेयक तथा नागरिक अधिकारसँग जोडिएका सबै विधेयकका कतिपय प्रावधानमा महासंघ लगायतका सरोकारवाला अन्य संघ संस्थाको असहमति रहेको जिकिर गरिएको ध्यानाकर्षणपत्रमा भनिएको छ । मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयकलगायत सम्पूर्ण विधेयकलाई संसदीय प्रक्रियाबाट टुङ्ग्याउने क्रममा सरोकारवालाकोसँग व्यापक छलफल गर्ने विषयलाई पनि सँगसँगै लैजान महासङ्घले आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।