शुक्रबार, बैशाख १४, २०८१

पूर्वप्रधानमन्त्रीद्दय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन  माग गर्दै सर्वोच्चमा रिट

 काठमाडौ माघ २९, ललिता निवासजग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्दय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन ।

माघ २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेसंगै सरकारी जग्गा हिनामिना प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेने तर त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिइनु किमार्थ न्यायसंगत नभएके जिकिर सहित अधिवक्ता न्यौपानेले रिट दायर गरको हो ।

स्मरण रहोस अख्तियारले प्रस्तुत प्रकरणमा बिशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराई सहित, तत्कालीन मुख्य सचिव लिलामणी पौडेल, पूर्व कानुन् व्यवसायी तथा न्यायाधीश कुमार रेग्मी, नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल लगाएतलाई उन्मुक्ति दिएपछि अख्तियारको कदमको चौतर्फी आलोचना शुँदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।