बिहिबार, बैशाख ६, २०८१

नववर्षको आरम्भसंगै कामपाले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्दै

काठमाडौ माघ २९ , नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाइ लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

महानगरको पहलकदमी आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासङ्घ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अधिकारीवीचको बैठकमा नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल गठन गरेर अघि बढ्ने प्रतिबद्धता सहित प्रस्तावित योजना कार्यान्वयनका लागि नितिगत निर्णय गरिएकोे प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा महानगर प्रमसख विद्यासुन्दर शाक्यले यसको लागि पहलकद्मी लिने बताउँदै गर्दा विभागका महानिर्देशक गोगनप्रसाद हमाल, महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमल बस्नेत र यातायात व्यवसायी महासङ्घका प्रतिनिधीले प्रस्तावित योजना कार्यान्वयनका लागि कार्यदल बनाएर विवाद नआउने गरी विगतमा जस्तो सञ्चालन गरिएको रात्रीकालीन सेवा वीचमानै रोक्नु नर्पर्ने गरि कार्यारम्भ गर्नुपर्नेमा अभिमत प्रकट गर्नु भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।