शुक्रबार, बैशाख १४, २०८१

शान्ति सुरक्षाका सवालमा कुनै सम्झौता नर्गन नवनियुक्त प्रमानि ज्ञवालीलाई गृह सचिवको निर्देशन

काठमाडौ माघ २९,  नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकावीच गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दज्र्यानी चिह्नबाट प्रदान गरिएको हो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएसंगै मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उहाँलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिईएको हो ।

कार्यक्रममा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयन कायमका लागि अख्तियार गरिएको कुनै पनि कामकारवाहीमा सम्झौता नगर्न निर्देशन दिदे प्रहरी सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्न आग्ह गर्नु भयो ।

त्यस्तै प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राप्त गर्नु भएका ज्ञवालीले अपराध नियन्त्रणको सवालमा अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेजका लागि आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता सहित संविधानत व्यवस्था भएको नागरिकको अधिकार संरक्षण गर्न गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरी संगठनको श्रीवृद्धिका लागि सबैको रचनात्मक सहयोग र सक्रियता आवश्यक:  प्रमानि ज्ञवाली

यसैवीच प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी मुख्यालयमा आजै प्रहरी अधिकृत तथा जवानहरुलाई संगठनले स्थापित गरेको मूल्य मान्यतालाई आत्मसाथ गरी सबैले आ- आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले पीडितमैत्री, नागरिक केन्द्रीत र जनउत्तरदायि प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनु  भएको   छ । त्यस्तै उहाँले प्रहरी संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि व्यावसायिक निष्ठाकासाथ रचनात्मक सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाँले जन्मदेखि मृत्युसम्म हरेक नागरिकलाई आवश्यक पर्ने सेवा प्रदान गर्ने नेपाल प्रहरीको विकल्प नेपाल प्रहरी नै भएको चर्चा गर्दै प्रहरी संगठनको थप सुदृढिकरण एवम् आन्तरिक शुद्धिकरण गर्दै जनअपेक्षित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिदै शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धानमा एक व्यक्तिको भन्दा सामुहिक प्रयासमा सफलता हासिल हुने विचार व्यक्त गर्दै प्रविधिबाट सिर्जित अपराध नियन्त्रणका लागि प्रहरीले उपलब्ध नविनतम प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । साथै विध्वंसात्मक गतिविधि नियन्त्रणमा थप सजग एवम् सचेत हुनुपर्नेमा बताउनुभयो ।

साथै देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा अग्रजहरुले मार्गदर्शनका लागि निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुको हित हुनेगरी प्रहरी कल्याण कोषबाट नयाँ कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । संघीयतामा नेपाल प्रहरीको भूमिकाबारे चर्चा गर्दै उहाँले तत्काल देखिने असर र गहनता बुझेर पूर्ण जिम्मेवार भई व्यवस्थापन गर्दै सफलता हासिल गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको प्रहरी बुलेटिनमा उलेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।