शुक्रबार, बैशाख १४, २०८१

पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै जारी,मौसमा सुधार हुन केहि समय लाग्ने

काठमाडौ फागुन १३ , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै जारी रहेका कारण मौसमा सुधार हुन केहि समय लाग्ने बताएको छ । त्यस्तै महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर हुने क्रम संगै तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव कायमनै रहेकाले उपात्यका सहित देशका विभिन्न भागमा बदलीसँगै हल्का वर्षाको समेत संभावना औल्याएको छ ।

साथै नेपालमा अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म रहने बताउँदै महाशाखाले अवको एक सातापछि प्रि–मनसुन प्रवेश हुने र त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षाको संभावना रहेका जनाएको छ ।

साथै त्यस्तै न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली अवस्था रहेको जनाउँदै महाशाखाले पछिल्लो मौसम मापन विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।