शुक्रबार, चैत्र १६, २०८०

भारतमा नागरिकतासम्बन्धी विवादास्पद कानुनको पक्षधर र विरोधीवीच झडप ,एक प्रहरी सहित ७ को मृत्यु

काठमाडौं १३ फागुन,   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भारत भ्रमणमा रहेका बेला भारतमा हिंसात्मक प्रदर्शन भएको छ । नागरिकतासम्बन्धी विवादास्पद कानुनको पक्षधर र विरोधी समुहवीच भएको झडपको क्रममा एक प्रहरी सहित सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण रहेको भारतीय समाचारमाध्यमले जनाएको छ ।

विविसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतभ्रमणको क्रममा दिल्ली पुग्न अगाडि त्यहाँ जारी जारी नागरिक सम्बन्धी विवादास्पद कानुनको पक्षधर विरोधी वीचको प्रदर्शनले हिंसात्मक रुप लिएको जनाएको छ ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै गर्दा प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेपछि प्रदर्शन हिंसात्मप्रारुपमा रुपान्तरण भएको र प्रस्तुत घटनालगत्तै दिल्ली सरकारले हिंसालाई नियन्त्रणमा लिन दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँनको अलावा केही स्थानमा कर्फु जारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।