शनिबार, बैशाख १५, २०८१

सत्तारुढदल नेकपाको सचिवालय बैठक निष्कर्ष विहिन, अर्को बैठक शुक्रबार

काठमाडौ पुस १७, सत्तारुढदल नेकपाको आज बसेको सचिवालय बैठक शुक्रबार बिहान ८ः३० बजे बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संघीय संसदको सभामुखको उम्मेदवार चयनमा नेताहरुबीच सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका लगायतका एजेन्दामा  सामान्य छलफल भएपनि   प्रस्तावित एजेन्दामा कुनै  नितिगत निर्णय हुन   नसकेको पछि बैठक शुक्रवारका लागि स्थगन गरिएको बुझिएको छ ।

त्यस्तै आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त १८ सदस्य पदको लागि हुने निर्वाचनका नेकपाले नेकपाले प्रदेश २ मा राजपासँग २ २ सिटमा तालमेल गर्ने निर्णय यसअघिनै गरिसकेपनि आजको बैठकमा प्रस्तुत विषयमा समेत नेताहरुवीच कुरा बाँझेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।