बुधबार, बैशाख १२, २०८१

दोस्रो चरणको चक्रपथ विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति

गैरकानूनीरूपमा लामो समयसम्म नेपाल बसोबास गरिरहेका चार इजिप्टेली नागरिकलाई नेपालबाट निष्काशन गर्ने निर्णय

काठमाडौ पुस १७,  गत पुस १४ गते बसेको मन्त्रीपरिषदको १४ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले गैरकानूनीरूपमा लामो समयसम्म नेपाल बसोबास गरिरहेका चार इजिप्टेली नागरिकलाई नेपालबाट निष्काशन गर्ने निर्णय बैठकले गरेको छ । साथै बैठकले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोकुमार राईलाई चार वर्षका लागि र नियुक्त गरेको छ । यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा निवासी नरेशराज अर्याललाई पाँच वर्षका लागि पुनःनियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनु भएको छ ।

स्वयम्भू घ्याङगुठीको नाममा दर्ता भएको रसुवाको ११० रोपनी जग्गा बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गरेको जानकारी संगै राष्ट्रिय मानवअधिकार आयोगको सिफारिशमा जगतबहादुर कार्कीलगायत १३ व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी रु १२ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।