मङ्लबार, बैशाख ११, २०८१

काँग्रेस केन्द्रीय समिति: राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाउँने जिम्मा पार्टी पदाधिकारीलाइ

काँग्रेसले सूचना प्रविधि र नेपाल विशेष सेवा गठनसम्बन्धी विधेयकको विरुद्धमा आगामी पुस २८ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने

काठमाडौ पुस १७, आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यकोे रिक्त एक तिहाइ पदका लागि हुने  निर्वाचनको उम्मेदवार मनोनयन दर्ताको  मिति नगिचिएसंगै निर्वाचन प्रयोजनार्थ पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न नेपाली काँग्रेसले पार्टीका केन्द्रीय पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।

काँग्रेस केन्द्रीयसमितिको आज बसेको बैठकले आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिलाको सम्पूर्ण अधिकार प्रत्यायोजना गर्ने निर्णय सहित पार्टीका उम्मेदवारलाई सहयोग एवं समर्थन गर्न सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दल र सबै मतदातालाई अनुरोध र आह्वान गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै संविधानप्रदत्त नागरिक अधिकार हनन गर्ने नियोजित षडयन्त्र सहित सरकारद्दारा प्रस्तुत सूचना प्रविधि र नेपाल विशेष सेवा गठनसम्बन्धी विधेयकको विरुद्धमा आगामी पुस २८ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने भएको छ । साथै उखु किसानको आन्दोलनप्रति समर्थन जनाउँदै काँग्रेसले किसानलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकारसँग माग गरेको छ ।

त्यसैगरि आजको बैठकले भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव तथा राज्य सभाका पूर्वसांसद डी.पी. त्रिपाठीको आज ६७ वर्षको उमेरमा भएको निधनप्रति शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु