शुक्रबार, बैशाख १४, २०८१

काष्ठमण्डप पुननिर्माण समितिलाइ थप ५ करोड

काठमाडौं माघ ९, काठमाडौं महानगरपालिकाको परिचयको आधारस्तम्भका प्रारुपमा रहेको काष्ठमण्डप पुर्ननिर्माणमाका लागि आज पुन काठमाडौं महानरपालिकाको तर्फबाट महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा बाग्मती प्रदेशका प्रदेश सभा सदस्य राजेश शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण  गर्नु भएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रमकावीच महानगर र पुर्ननिर्माण समितिवीच भएको सम्झौत मुताविक महानगर प्रमुख शाक्यले उक्त चेक रकम हस्तान्तरण गर्दै काष्ठमण्डपलाई मौलिक स्वरुप अनरुप र दिगो रुपमा निर्धारित समयसिमा पुनःनिर्माण गर्न आग्रह गर्नु भएको छ ।
महानगरले यसअघि समितिलाइ २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ । आज उपलब्ध गराईएको रकम सहित महानगरले समितिलाइ १० बरोड ५० लाख रकम हस्तान्तरण गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा पुर्ननिर्माण समितिका अध्यक्ष शाक्यका अनुसार पुर्ननिर्माणको काम करीब ५५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनु भएको छ । कार्यक्रममा महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ ,संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य अजयक्रान्ति शाक्य, कामपा वडा न १८, १९ २१ ,२३ ,२८का वडाध्यक्ष लगायतको उपथिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।