शुक्रबार, बैशाख ७, २०८१

सरकारले साझा सहकारीलाई उपलब्ध गराईएको ३ अर्ब रुपैयाँ ब्याज सहित फिर्ता लिने

जर्मनीस्थित नेपाली दूतावासको पुरानो भवन बेच्ने सरकारको निर्णय

काठमाडौं माघ ९, गत माघ ६ गते बसेको मन्त्रिपरिषदको ३२ बुँदै निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले साझा यातायातलाई विद्युतिय बस किन्न उपलब्ध गराएको ३ अर्व रुपैयाँ व्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिनु भएको छ ।  प्रवक्ता बाँस्कोटाका अनुसार सरकारले ३ सय बस किन्न साझा सहकारी संस्थामा ३ अर्ब रुपैयाँको शेयर लगानी गर्ने निर्णय गरेअनुरुप उक्त रकम उपलब्ध गराएको तर निर्धारित समयमा बस किनेर चलाउन नसकेका कारण रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको सम्पूर्ण व्याजसहित रकम फिर्ता लिने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले मन्त्रीपरिषद् बैठक मार्फत जर्मनीस्थित नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको जानकारी दिदै सोका जिम्मा बर्लिनस्थित नेपाली दूतावासलाई दिईएको जानकरी दिनु भएको छ।

त्यस्तै तिब्बतमा बर्षौदेखि बस्दै आएका ३८ जना नेपालीसंग रहेको हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय समेत मप बैठकबाट भएको जानकारी दिनु भएके छ । साथै उहाँले आगामी बर्षको बैशाखदेखि जनगणना गर्ने निर्णय, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय,नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत गरी रिक्त सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय ,तेह्रथुम जिल्लामा कम्युनिष्ट पार्टीको सदस्य भई गतिविधि गर्दा पक्राउ परी २०१९ कात्र्तिक २९ गते प्रहरीको गोलीबाट मृत्यु भएका नेत्रप्रसाद गुरागाईँलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय , नेपाल रेल्वे कम्पनीलाई  २२६ दरबन्दीमा करारमा कर्मचारी भर्ना गर्न स्वीकृति प्रदान गर्ने निर्णय  लगायतका निर्णय   भएको  जानकारी दिनु भएको  छ ।

म.प बैठकका बाँकी निर्णय हेर्न यहाँ क्लिक गर्नुहोला 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु