शनिबार, बैशाख ८, २०८१

प्रदेश सभा सदस्य मनाङ्गे जिप्रका कास्कीको नियन्त्रणमा

काठमाडौं माघ ९ , गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङ्गेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार मनाङ्गेलेविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएसंगै प्रदेश सभा सदस्य मनाङ्गेलाइ पक्राउ गरेको हो
। घटना विवरण अनुसार मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष भौतिक आक्रमण गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।