शुक्रबार, बैशाख १४, २०८१

विहिवारको खण्डग्रास सूर्य ग्रहण १२ मध्ये ४ राशीका लागिमात्र अनुकुल

काठमाडौ पुस ९ , पुस १० गते अर्थात २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन लाग्ने खण्डग्रास सूर्य ग्रहणका सवालमा ज्योतिषी दीपक सुवेदीले ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै भने प्रस्तुत ग्रहण संक्रमणकारक रहेको छ ।

नेपाली समय अनुसार बिहान ८ः४२ मा स्पर्श हुने सूर्यग्रहण १०ः०१ मा मध्य र ११ः३१ मा मोक्ष हुने बताउँदै खण्डग्रास सूर्यग्रहण मूल नक्षत्रमा परेकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने बताएका छन् । त्यस्तै ज्योतीष सुवेदीले सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि अस्तसंगै  सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने भएकै कारण अप्रत्यासित घटनाक्रम उच्च संभावना रहेको बताउँका छन ।

यस्तो छ राशी अनुसार खण्डग्रास सूर्य ग्रहणको फल : मेष : मानहानी,  वृष : कष्ट,  मिथुन : स्त्रीपीडा, कर्कट : सुख,सिंह : चिन्ता,कन्या : व्यथा,,तुला : श्रीप्राप्ति,,बृश्चिक : क्षति,धनु : घात,मकर : खर्च, कुम्भ : लाभ,मीन : सुख 

ग्रहण लाग्नुपूर्वदेखि ग्रहण बार्नुपर्ने शास्त्रीय मान्यता छ । जसअनुसार आज राति ८ः४२ देखि सुतक लाग्ने ज्योतिषीय मान्यता छ । सो समयमा बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।  त्यस्तै ग्रहणको समयमा मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजात आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य गर्न नहुने बताईएको छ। साथै विहिवारको ग्रहण मुलत १२ राशीमध्ये ८ राशी क्रमस मेष,वृष, मिथुन सिंह, , कन्या ,धनु मकर र वृश्चिक राशीका व्यक्तिका लागि अनुकल नरहेको तुला , कुम्भ र कर्कट र मिन राशी व्यक्तिका लागि अनुकल रहेको बताएका छन ।

खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिने सम्वद्ध विज्ञरुहरुले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।