शुक्रबार, बैशाख १४, २०८१

चर्चित गायक रामकृष्ण ढकाल दम्पतिवीच सम्बन्धविच्छेद

काठमाडौं पुस ९ , चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका समवद्ध अधिकारीले जनाएको छ ।

ती अधिकारी अनुसार ढकाल दम्पति वीच सम्बन्धविच्छेदको मुद्धा न्यायाधीश विदुर कोइरालाको इजलासबाट सम्बोधन भएको  बताईएको छ।

ढकाल दम्पतिवीच सम्बन्धविच्छेद भएपनि पछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। त्यस्तै शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्। तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।