शुक्रबार, चैत्र १६, २०८०

विभिन्न कार्यक्रम सहित इसाई धर्मावलम्बीले आज क्रिसमसपर्व मनाइदै

काठमाडौं पुस ९,  क्रिश्चियन धर्मका संस्थापक येशु अर्थात जिसस क्राइस्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको र उहाँको जन्म भएको खुसीयालीमा यो पर्व मनाउँन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आजको दिन काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । यो पर्व मनाउन सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।