शनिबार, बैशाख १५, २०८१

प्रेस युनियनको महाधिवेशन पूर्व प्रस्तावित मितिमा नहुने

p

काठमाडौ मंसिर २६ , नेपाल प्रेस युनियनको आगामी मंसिर २८ र २९ गतेका लागि प्रस्तावित महाधिवेशन पूर्व निर्धारित मितिमा नहुने भएको छ । युनियनद्दारा जारी विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न नसकेको उल्लेख गरिएको छ ।

त्यस्तै युनियनद्दारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि तोकिएको समयमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासङ्घमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि होमिनुको अलावा , प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कानून विरुद्धमा आन्दोलित हुनुपरेका कारण प्रस्तावित महाधिवेशन प्रभावित भएको जनाएको हो ।

साथै युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलद्दारा जारी विज्ञप्तिमा अझै एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन समेत हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभािवत पारेको जनाउँदै अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह समेत गरिएको छ । त्यस्तैगरि विज्ञप्तिमा गर्दै विविध व्यवधानका बाबजुद पनि लोकतन्त्रवादी पत्रकारहरूको साझा र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था यनेपाल प्रेस युनियन केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।