बिहिबार, चैत्र १५, २०८०

रू २० लाख घुस रकम सहित डिभिजन सडकका सिडिई श्रेष्ठ र इन्जिनियर महर्जन पक्राउ

काठमाडौ मंसिर २५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगवलवार रू २० लाख घुस रकम सहित डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाइ पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विप्तिमा सडक निर्माण कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी बाँकी रनिङ बिलको भुक्तानीको लागि सेवाग्राहीसंग घुस लिएको भन्ने सूचनाको आधारमा घुस रकम लिइसकेको अवस्थामा काठमाडौं मकानगरपालिका वडा न १० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गर्दै आवश्यक अनुसन्धान शुरु गरिसकेको उलेख गरिएको छ ।

त्यस्तै आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौका प्रहरी निरीक्षक जय नेपाल थापालाइ पनि रू ४० हजार घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेका छन ।

आयोगको विज्ञप्तिमा उल्लेखभएअनुसार पक्राउ परेका अभियुक्त प्रहरी निरीक्षक थापाले महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादी उपर कानुन बमोजिम पक्राउ गर्नु पर्नेमा घुस रकमा बुझ्दै त्यसविपरितका कामकारवाही गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध साकाहारी खाजाघरबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।