शुक्रबार, बैशाख ७, २०८१

सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिको लागि प्रेरणा प्रदान गरोस् : राष्ट्रपति

तस्वीर : राष्ट्रपतिको कार्यालय

काठमाडौ मंसिर २६, किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो शुभकामना सन्देशमा नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30