शनिबार, बैशाख १५, २०८१

चिसो बढ्यो ,पश्चिमी न्यून चापीय वायुको प्रभाव शनिबारसम्म सक्रिय रहने

काठमाडौं मंसिर २७, पश्चिमी न्यून चापीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकाँश भु–भागमा बदली र वर्षा भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी न्यूनचापीय वायु दोस्रो पटक भित्रिएको र पश्चिमी न्युन चापीय प्रणाली पहिलो पटकको भन्दा बलियो भएकोले शनिबारसम्म सक्रिय रहने जनाउँदै पश्चिम न्यून चापीय वायु सक्रिय भएसंगै नेपालका पहाडी भु–भागमा बदली र बर्षा संगै अत्याधिक चिसो बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै न्यून चापीय वायुकै कारण शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही धेरैस्थानहरुमा वर्षाको संभावना औल्याएको छ । भने आइतबार पनि देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।