शनिबार, बैशाख ८, २०८१

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौं मंसिर २७, शुक्रबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नयाँ नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउने तर्फ पनि   पहलकद्मी दिन समेत निर्देशन दिएको छ ।

प्राप्त समाचारमा उलेखभएअनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले लामो समयदेखि मिचिएको सिमाको विवाद समाधानको पहल भैरहेको जनाउ दिदैगर्दा सत्तारुढदलका सासंद भिम रावल र प्रतिपक्षी दलका सासंद प्रकाशमान सिंह लगायतका समिति सदस्यहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालकै हो भने सरकारले अहिलेसम्म उक्त भूमि सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्न नसेको भन्ने प्रश्न गर्दै सरकारको रवैयाको विरोध गरेका थिए ।

स्मरण रहोस यसअघि संसदको राज्य व्यवस्था समितिको बैठकले पनि  सरकारलाई तत्काल लिम्पियाधुरा ,लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमिसहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।