शनिबार, बैशाख ८, २०८१

वर्गिकरण नतिजाविरुद्ध पत्रकार आन्दोलित : काउन्सिलका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी

काठमाडौं मंसिर २७,  प्रेस काउन्सिलका नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको छ । काउन्सिलले हरेक बर्ष वर्गीकरण गर्दा पत्रपत्रिकालाई विभेद गरेको भन्दै वर्गिकरण नतिजाविरुद्ध आन्दोलित पत्रकार संघर्ष समितिले कावा अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हो ।

काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ /०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा होमिएका आन्दोलनरत पत्रकारका तर्फबाट गठित केन्द्रिय संघर्ष समितिले काउन्सिलले आफुहरुका माग सम्बोधन तर्फ कुनै गुन्जाएस नदेखाएको भन्दै आज काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले काउन्सिल परिसरमा आयोजित घेराउ सहितको धर्ना कार्यक्रम लगत्तै आन्दोलनका संयोजक दिपक पाण्डेले काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको बताए ।

त्यस्तै आजको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल, पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका  पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल लगायत वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाइँ, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा,  वरिष्ठ पत्रकार चक्रपाणि नेपाल लगायतले आन्दोलनरत पत्रकारको पक्षमा ऐक्यवद्धता जनाउनु भएको थियो ।

आन्दोलन समितिले आइतबारसम्म समस्या समाधानका लागि पहल नगरिए थप शशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाउ दिदै काउन्सिलका कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।