शुक्रबार, बैशाख १४, २०८१

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

 काठमाडौ पुस ६,  निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायतले संयुक्त रुपमा दायर गरेको रिट निवेदनको सुवाइ गर्दै विमानस्थल निर्माणका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न आज अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले लागि ८ हजार हेक्टर क्षेत्रफल फैवालटको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि इआइए २०७४ चैतमा नै वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गर्दै विमानस्थल निमार्णस्थलले चर्चेको क्षेत्रमा रहेको रुख कटानी को प्रक्रिया शुरु यता सर्वोच्चमा वन समिति सम्वद्ध समूहबाट रिट निवेदन दर्ता भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।