शुक्रबार, चैत्र १६, २०८०

बालगोपाल भजनलाइ सासंद श्रेष्ठको सहयोग

जीवन र जगतको साक्षात्कारको लागि आध्यात्मिक मार्गको भूमिका महत्वपूर्ण : सांसद श्रेष्ठ

काठमाडौं पुस ६, काठमाडौं महानगरपालिा वडा न .१९स्थित बालगोपाल भजन सञ्चालन संस्थालाइ स्थानीय क्षेत्रबाट संघीय संसद सदस्य रहेका जीवनराम श्रेष्ठले बाद्यवाद सामाग्री तथा ध्वनी उपकरण सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको छ । आइतवार साँझ आयोजित एक औपचारीक कार्यक्रमकावीच सांसद श्रेष्ठले संस्थाका अध्यक्ष अम्विका सिंहलाइ हारमोनियम, तवला, स्पिकर, माइक लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै सासंद श्रेष्ठले आफ्नो जन्म दिवसको अवसरमा आफु निर्वाचित क्षेत्रको वडा समितिमा रहेको भजन समितिलाइ यस किसिमको सहयोग गर्न पाएको आफु अत्यन्त हर्ष विभोर भएको बताउँदै हाम्रो कला संस्कृति अन्र्तगत यहाँको सांस्कृति मुर्त तथा अर्मुत कला सम्पदाको संरक्षण संगै जीवन र जगतको साक्षात्कारको लागि आध्यात्मिक मार्गको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बतानुभयो ।  साथै उहाँँले स्थानीय क्षेत्रको पूर्वाधार विकासकालागि समेत आफ्नो तर्फबाट हरसंभव प्रयास हुने बताउँदै भावी दिनमा पनि यस्तै रचनात्मक सहयोग र सहकार्यका लागि आफु सदैव तत्पर रहेको बताउँनु भयो ।

कार्यक्रममा विगत देखिनै सहयोग गर्दै आउँनु भएका स्थानीय वडाध्यक्ष शशिलाल श्रेष्ठले भजन सञ्चालन संस्थाको तर्फबाट सासंद श्रेष्ठलाइ अनिन्दन गर्दै उहाँले गर्नु भएको सहयोगका  लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

त्यस्तै गरि कार्यक्रममा संस्थाको तर्फबाट शुशिल राजोपाध्यायले सस्थागत जानकारी सहित संस्थागत गतिविधीमाथि प्रकाश पार्नु भएकोउक्त कार्यक्रम संस्थाका अध्यक्ष अम्विका सिंहको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा सासंद श्रेष्ठबाट प्राप्त वाद्यवादनबाट भजन किर्तन समेत प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।