बिहिबार, बैशाख १३, २०८१

छ किलो कोकिनसहित चार विदेशी नागरिक पक्राउ

काठमाडौ पुस ६, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण  ब्यूरोले अवैध लागुऔषध लिएर हिँडेका अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलारुस नागरिकहरु राहदानी नम्बर एबि २७१२०६० नम्बर बाहक २१ वर्षीय Pavel Vasilyeu र राहदानी नम्बर केएच २४६४४२६ नम्बर बाहक २१ वर्षीया Alina Aldoshyna, बोलिभियन नागरिकहरु राहदानी नम्बर सिई ३८६०६ बाहक ४८ वर्षीय Roberto Carlos Merubia Mariaca र राहदानी नम्बर सिई ३८४५६ बाहक ५५ वर्षीय Raul Zambrana Ordonez रहेका  छन् ।

नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ प्रकरणको जानकारी दिदै काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा बाँकी २ जनालाइ लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरेको जनाएको छ ।

ब्यूरोले दिएको जानकारी अनुसार पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ब्यूरोले दिएको जानकारी अनुसार पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।