शुक्रबार, बैशाख १४, २०८१

इन्द्रजात्रा अवलोकन: ११ शहरका प्रमुख ,उपप्रमुख तथा प्रतिनिधीको औपचारिक स्वागत

काठमाडौं भाद्र २७,  काठमाडौं महानगरको निमन्त्रणामा राष्ट्रिय पर्व इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आइपुगेको विभिन्न अन्तराष्टिय ११ शहरका प्रमुख , उपप्रमुख तथा प्रतिनिधीहरुलाइ आज बसन्तपुरमा औपचाारिक स्वागत सहित यहाँका मुर्त तथा अमुर्त सम्पदा , भित्री सहरी क्षेत्र र कुमारी रथयात्रा मार्गको अवलोकन गराईएको छ ।

यसअघि विदेशी शहरका पाहुँनाहरुलाइ काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा स्थानीय वडाका पदाधिकारी समेतको उपस्थित रहेको थियो ।

महानगर स्रोतबाट प्राप्त जानकारी अनुसार जात्रा अवलोकन भ्रमणमा चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगर र भुटान, दिल्ली नगरका प्रमुख उपप्रमुख लगायत उच्च पदस्थ प्रतिनिधि रहेको बुझिएको छ ।  भ्रमणको क्रममा उहाँहरुलाइ महानगरको भित्री शहरस्थित बा,बही, बिहार, महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव हुँदै बसन्तपुर स्थलगत भ्रमण गराईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।