शुक्रबार, चैत्र १६, २०८०

कात्तिकभित्र घर निर्माण नगरे लाभग्राहीलाई अनुदान नदिइने: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

काठमाडौं भाद्र २७, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य शुरु नगरे अनुदान नपाइने बताउनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले विहिवार आयोजना गरेकोे निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी एक कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिदै कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको लागि रकम नपाउने जनाउ दिनु भएको हो ।

त्यस्तै उहाँले तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिई सक्नुपर्ने गरी घर निर्माण शुरु गर्न लाभग्राहीलाइ आग्रह गर्दै नक्कली भूकम्पपीडितले घर बनाएका छन् भने त्यसको पहिचान गरी कानूनीरुपमा पहिलो किस्ता फिर्ता गराउँन पहल कद्मी लिन निर्देशन दिदै  सरकारले आफैँ धितोजमानी बसेर सहुलितयमा रु ३ लाखसम्मको ऋण दिने भने पनि भूकम्पपीडितले ऋण लिन नसकेको अवस्था र यसको कारण पहिचान गर्न इञ्जिनीयरलाई निर्देशन दिँदै स्थानीय जनप्रतिनिधिले यसमा सहयोगीको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । कार्यक्रममा प्राधिकरण भक्तपुर एकाइका प्रमुख लगायतले आआफ्नो धारणा राख्नु भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।