शुक्रबार, बैशाख १४, २०८१

उपचारका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान, कावा प्रमको जिम्मेवारीमा पोखरेल

काठमाडौ भाद्र ५,  प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्यस अवसरमा प्रम ओलीलाइ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललगायतले विदाइ गर्नु भएको थियो  ।

प्रधानमन्त्री ओलीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जानु भएकाले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले आज जारी गर्नु भएको विज्ञप्तिमा प्रम ओलीको मिर्गौलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिएको र एण्टिवडीलाई शरीरबाट निष्काशन गरी उपचार गराउँन सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा जानु भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।