शनिबार, बैशाख १५, २०८१

समृद्ध नेपाल र सुखी नेपालीको भाव कार्यान्वयनका लागि सहकार्य र सहमति आवश्यक : नि.महानिर्देशक क्षेत्री

औषधि जगतमा नयाँ आयामको संभावना उजागर होस : महासचिव आचार्य ,आयातकर्ता संघ

काठमाडौं असार १८ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ ‍औं तहका कर्मचारी समायोजन गर्दै मन्त्रालय मातहतका विभिन्न निकायमा
कर्मचारीको समायोजन अन्र्तगत जिम्मेवारी हेरफेर गरेको छ ।

यसैक्रममा मुलुकको औषधि व्यवसाय जगतको नियमन गर्ने नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देशकमा यसअघि विभागका वरिष्ठ औषधि व्यवस्थापक एवम् दर्ता महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउँनु वरिष्ठ कर्मचारी पान वहादुर क्षेत्रीलाइ निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।

मुलुकको औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी प्राप्त गर्नु भएको क्षेत्रीलाइ आज सम्वद्ध एवम् सरोकारवाला संघ संस्थाको तर्फबाट कार्यकाल सफलताको कामना गर्दै शुभकामना दिने क्रममा औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेतृत्वको प्रतिनिधी मण्डलले महानिर्देशक क्षेत्रीको कार्यकालमा औषधि जगतमा नयाँ आयामको संभावना उजागर होस भन्ने कामना गर्दै  उहाँकै कार्यकक्षमा बधाइ ज्ञापन गर्दै शुभकामना दिएको छ ।

त्यस्तै शुभकामना ग्रहण ग्रहण गर्दै निमित्त महानिर्देशक क्षेत्री सरोकारवाला संघ संस्थासंगको सहकार्यमानै आफुले विभागको मुहार परिवर्तन गर्न सक्ने बताउँदै सहकार्य संवाद र सहमतिबाटमात्रै समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाइ सार्थक बनाउँन सकिने बताउँनु भएको   छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।