शुक्रबार, चैत्र १६, २०८०

एसइईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

भक्तपुर  असार १८,     राष्ट्रिय परीक्षा बोर्डले गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्याथीका लागि सञ्चालन गरिने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक परीक्षा तालिका अनुसार आगामी साउन २६ र २७ गते परीक्षा सञ्चालन हुने वोर्डले जनाएको छ । त्यस्तै परीक्षामा सहभागी हुन साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन भनेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।