बिहिबार, बैशाख १३, २०८१

सुशासनका लागि नागरिक समाज र संचारकर्मी सञ्जालको साझेदारी आवश्यक: वक्ताहरु

काठमाडौं  असार १८ ,    समसामयिक, वर्तमानमा नेपालको अवस्था र नागरिक समाजको भुमिका विषयक   छलफल कार्यक्रमका सहभागी वक्ताहरुले  लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि नागरिक समाजमुखी संस्थाहरु एक जुट भई कार्य गर्नु पर्ने, सुशासन र पारदर्शीताको लागि आवाज उठाउनुका साथै संचारकर्मी र सञ्जालहरुसँगको साझेदारी बढाउनुपर्नेमा  जोड दिएका छन ।

सामुदायिक सारथी संस्थाको आयोजनामा साप नेपाल, नेपाल अपाङ्ग समाज, सोच नेपाल, नेपाल पत्रकार मञ्च, लायन्स क्लब अफ नेपाल जर्नलिष्ट र एशियन एकेडमी फर पिस एण्ड रिसर्चका प्रतिनिधिहरुबीच भएको   प्रस्तुत  प्रारम्भिक छलफलमा   नागरिक समाज आफैमा पारदर्शी र जवाफदेही भई तटस्थ हुनुपर्ने, नागरिक समाजले गरेका कार्य  सञ्चार माध्यम मार्फत जनता माझ पु-याउनु पर्ने र आफु पारदर्शी भई सरकारलाई पनि पारदर्शी हुन चुनौति दिसक्ने   निष्कर्षको  पहचान गरिएको  थियो ।

 त्यस्तै सहभागी वक्ताहरुले     नागरिक समाज संघसंस्थाको सामुहिक भेटघाटलाई नियमित गरी समसामयिक मुद्दाहरुमा सामूहिक आवाज उठाउने, आगामी बैठकमा अन्य सघसंस्थालाई पनि आमन्त्रण गरी बृहत रुपमा नागरिक भेला गर्दै जाने, नागरिक संस्था प्रतिको राज्यको उत्तरदायित्व र यस क्षेत्रको चुनौतिको बारेमा छलफल गर्ने, बैठकलाई अनौपचारिक रुपमा हप्ताको एक पटक आयोजना गर्ने, राष्ट्रिय, प्रदेश र स्थानीय बजेटको बारेमा बिश्लेषण गरि नागरिक संस्थाको तर्फबाट धारणा सार्वजनिक गर्ने लगायतका विषयहरुमा घनिभूत  छलफल चलाइएको थियो ।

छलफलमा  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारी, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेज कुमारी तिवारी, सोच नेपालका उत्तम निरौला, नेपाल पत्रकार मञ्चका कोषाध्यक्ष यज्ञ ढकाल, एशियन एकेडमी फर पिस एण्ड रिसर्चका तर्फबाट मिनाक्षी योगी र लायन्स क्लब अफ नेपाल जर्नलिष्टका तर्फबाट अध्यक्ष योगेन्द्र प्रताप शाहीको प्रतिनिधित्व रहेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।