शनिबार, बैशाख १५, २०८१

सरकारले उपनिर्वाचनका लागि रिक्त पदको विवरण उपलब्ध गराएको छैन : आयोग

काठमाडौ असार २४, निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदको उपनिर्वाचनका तयारी थाल्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपनि सरकारले रिक्त पदको विवरण भने आयोगमा नपठाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता नामावली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणापछि नाम दर्ता गर्न मिल्दैन त्यसकारण मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको जनाएको छ ।

  आयोगका अनुसार कास्की २ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभातर्फ बागलुङ २, भक्तपुर १ र दाङ २ मा १र१ पदमा त्यस्तैगरि स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा रिक्त मेयर पदमा र  ३८ जिल्लाका स्थानीय तहतर्फनै ४० रिक्त वडाध्यक्ष पदको   उपनिर्वाचन  गराउँनु पर्ने आयोग सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।