शनिबार, बैशाख ८, २०८१

म.प.को आकस्मिक बैठक: सरकारका प्रवक्ताले भने मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको नितान्त विशेषाधिकार

काठमाडौं असार २४ , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरु स।ग कुरा गर्दै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने बताउँनु भएको छ ।

मुलुकलाइ अग्र्यानिक राष्ट्र बनाउने सकारको प्रयास अनुरुप प्रस्तुत विषयमा सरकार चिन्तित रहेको बताउँदै उहाँले देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय भएको धारणा राख्नु भएको छ ।

साथै उहाँले बैठकबाट सरुवा बढुवा र केहि विधेयकका विषयमा छलफल भएको जानकारी दिदै भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिदै मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा प्रस्तुत संग प्रधानमन्त्रीको नितान्त विशेषाधिकार भएका कारण आफुले यसमा केहि नवाल्ने बताउँनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।