शुक्रबार, चैत्र १६, २०८०

प्र.म.को सरकारी निवासमा म.प.को.आकस्मिक बैठक बस्दै , नयाँ राजनैतिक निर्णय गर्ने प्रमको तयारी

काठमाडौ असार २४,  प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकको पछिल्लो कडि अनुरुप आज बिहान फेरि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको बुझिएको छ ।

सोमबार साँझ बसेको मन्त्तिपरिषदको बैठकलाइ विराम दिदै प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु परेका कारण बैठक निचोडमा नपुगेका कारण आज पुन बैठकलाइ निरन्तरता दिईएको बुझिएको छ ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी मन्त्रिपरिषद बैठक मार्फत केही नयाँ राजनैतिक निर्णय गर्ने तयारी गरेको बताईएकोछ ।

सरकारको तर्फबाट सम्पादित प्रत्येक पछिल्लो कदम एक पछि अर्को गर्दै अप्रभावकारी बन्दै गएको र सरकारका क्याविनेट सदस्यको गतिविधीका कारण सरकार आलोचित बन्नु परेको अवस्थाका कारण प्रम ओली निकै चिन्तित बनेको बताईएको छ । सम्वद्ध स्रोतका अनुसार संभव आज प्रम ओलीले केहि क्याविनेट सदस्यको जिम्मेवारी समेत तलमाथि गर्ने अधिक संभावना रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।