शुक्रबार, बैशाख १४, २०८१

बाढी पहिरो पिडितको सेवामा सहभागी हुन सभापति देउवाको आव्हान

काठमाडौ असार ३०,  असार नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्यलाई पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित भइ उद्धार र राहतमा सहभागी हुन आव्हान गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई समेत प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले उद्धार र राहत उपलब्ध गराउँन आग्रह गर्दै विपदको यस घडीमा सरकारको तर्फबाट हुने राहत वितरणको प्रतिपक्षीदलको नाताले अनुगमनसमेत गर्ने बताउानु भएको छ ।

त्यस्तै विज्ञप्तिमा सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना एवमे घाइतेको सिघ्रस्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।